आइतबार सुर्यदेवको पूजा गर्नुहोस् मनोकामना पूरा हुन्छ
काठमाडाैं। आज आइतबार। यो दिन सूर्य देवतासँग सम्बन्धित छ। ज्योतिषमा सूर्यलाई आत्मा कारक ग्रह मानिन्छ। सूर्यलाई कतै संसारको सृष्टिकर्ता पनि मानिन्छ। ऋग्वेदका देवताहरूमा सूर्यको महत्त्वपूर्ण स्थान छ।
सूर्योपनिषदमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्तिको एकमात्र कारण सूर्यलाई देखाइएको छ। आइतबारको दिन सूर्यदेवको पूजा गरेमा सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ। विधिपूर्वक सूर्यदेवको पूजा गर्नाले व्यक्तिमा सर्वत्र ईश्वरको कृपा कायम रहन्छ भन्ने विश्वास छ।
आरइतबारको दिन मन्त्र जप गरेमा सूर्य देव प्रसन्न हुन्छन् भन्ने विश्वास छ। सूर्यदेवको पूजा गर्दा आरती र चालिसाको पाठ गर्ने साथै आदित्य हृदय स्तोत्रको पाठ पनि गर्ने प्रचलन छ। प्रत्येक आइतबार सूर्य देवताको पूजा गरी सूर्य मन्त्रको १०८ पटक जप गर्नुपर्छ। यसबाट मानिसको सबै मनोकामना पूरा हुन्छ भन्ने विश्वास छ।
सूर्यदेवको केही मन्त्रहरू
१) ॐ घृणिं सूर्य्य: आदित्य:
२) ॐ आदित्याय नम:
३) ॐ भास्कराय नमः
४) ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।।
५) ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:।
६) ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ ।
७) ॐ ह्रीं ह्रीं सूर्याय नमः ।
८) ॐ सूर्याय नम: ।
९) ॐ घृणि सूर्याय नम: ।
सुर्य नमस्कार मन्त्र
ॐ सूर्याय नम: ।
ॐ भास्कराय नम:।
ॐ रवये नम:
ॐ मित्राय नम: ।
ॐ भानवे नम:
ॐ खगय नम: ।
ॐ पुष्णे नम: ।
ॐ मारिचाये नम: ।
ॐ आदित्याय नम: ।
ॐ सावित्रे नम: ।
ॐ आर्काय नम: ।
ॐ हिरण्यगर्भाय नम: ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment