बाबर आजम फेरि बने पाकिस्तानी टिमको कप्तान

डिसी नेपाल
१९ चैत २०८० ११:२३
32
Shares

काठमाडौं । पाकिस्तान क्रिकेटबाट एउटा ठूलो खबर आएको छ । बाबर आजम फेरि पाकिस्तानी टिमको कप्तान बनेका छन् । बाबरले टी–२० र एकदिवसीय ढाँचामा पाकिस्तानी टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले छनोट समितिको सिफारिसपछि बाबरलाई यो जिम्मेवारी दिएका हुन् । शान मसूद टेस्ट टिमको कप्तान रहनेछन् ।

भारतले आयोजना गरेको एकदिवसीय विश्वकप २०२३ मा खराब प्रदर्शन गरेपछि बाबर आजमले तीन फर्म्याटको कप्तानी छोडेका थिए ।

त्यसपछि टी-२० मा शाहिन शाह अफ्रिदीलाई कप्तान बनाएको थियो । टेस्टमा शान मसूदलाई कमाण्ड दिइएको थियो । तर, कप्तान बदलिएपछि पनि पाकिस्तानी टोलीको प्रदर्शन खासै रहेन ।

पाकिस्तानको टोली विश्वकप २०२३ मा समूह चरणबाटै बाहिरिएको थियो । उसले ९ खेलमा ४ मात्रै जितेको थियो र अंक तालिकामा पाँचौं स्थानमा थियो। बाबर आफैंले ब्याटिङमा खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

धेरै दिग्गज र प्रशंसकहरूले उनको कडा आलोचना गरेका थिए। यस्तो अवस्थामा बाबरले १५ नोभेम्बर २०२३ मा पाकिस्तानी टोलीको कप्तानी छोडे ।

तर, अब पीसीबीका नयाँ अध्यक्षले उनलाई फेरि कप्तानी दिने निर्णय गरेका छन् । बाबर आजमले हालसम्म १३४ अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानी टोलीको कप्तानी गरेका छन् ।

यस अवधिमा टोलीले ७८ खेल जितेको छ । जहाँ ४४ खेलमा हार बेहोरेको थियो । बाबर सन् १९९२ को विश्वकप विजेता इमरान खानपछि दोस्रो सबैभन्दा सफल पाकिस्तानी कप्तान हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.