इन्द्र बम मल्लको ‘नेपाली कथा’ सार्वजनिक

डिसी नेपाल
२० चैत २०८० २१:०२
188
Shares

काठमाडौं। नवगायक इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ। सो गीतमा गायक मल्लका शब्द तथा संगीत रहेको छ भने पाश्र्व स्वर गायिका संगीता राना प्रधानको रहेको छ ।

गायक मल्लसँगै सो गीतको भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा पनि रहेकी छिन्। त्यसैगरी कलाकारहरु आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापाको पनि सो गीतो भिडियोमा अभिनय रहेको छ । उक्त गीतमा बाल कलाकारका रूपमा समय–शिवांशले पनि अभिनय गरेका छन्।

उक्त गीतको भिडियोमा शम्भु चालिसेको छायांकन छ भने नवीन घर्तीमगरको सम्पादन रहेको छ। त्यसैगरी सो गीतको निर्देशन भने हेमराज आश्रमले गरेका छन्। उनले गीत मार्फत् वर्तमान नेपाली समाजको यथार्थ चरित्रलाई कला सिर्जनामा चित्रण गर्दै नेपाली समाजको कथा र घर–घरको व्यथालाई आफ्नै युट्युब च्यानलबाट यो गीत बजारमा ल्याएका हुन्।

बागलुङ जिल्लामा जन्मिएका मल्ल सानैदेखि गीत गाउने गर्थे। विद्यालय समयमा विद्यालयमा हुने विविध सांस्कृतिक कार्यक्रमका साथै गाउँघरमा हुने स्थानीय लोक तथा अन्य सांस्कृतिक कार्यक्रमबाट गीत गाउन सुरु गरेका उनले अहिले यो नयाँ गीत बजारमा ल्याएका हुन्।

उनी मादल, मुरली तथा हार्मोनियम बजाउन पनि सिपालु छन्। पढाइमा पनि अब्बल उनमा संगीतप्रति गहिरो मोह रहेकाले नै विसं २०६५ मा ललितकला क्याम्पस, काठमाडौंमा अध्ययन सुरु गरेका हुन्। उनले शास्त्रीय संगीतको मूल भनेर चिनिने भारतको काशी हिन्दु विश्वविद्यालय बनारसमा विसं २०६८ मा पूर्ण छात्रवृत्तिमा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने अवसर पाए।

संगीतमा विशेष ज्ञान हासिल गरेर आफ्नै देशमा केही गरौँ भन्ने अभिलाषा बोकी उनी २०७६ सालमा स्वदेश फर्किए र त्यसपछि आफ्नै पाठशाला इन्स्टिच्युट अफ म्युजिक एण्ड आर्टमामा सङ्गीत सिकाउन थालेका छन्।

शास्त्रीय संगीतलाई सबै संगीतको जननी ठान्ने उनी ‘कला सामाजिक हित उपयोगी हुनुपर्छ’ भन्ने दर्शन अनुरुप नेपाली समाजलाई संगीतको माध्यमबाट सकारात्मक सन्देश र सचेतना फैलाउन चाहन्छन्। उनले गीतमा युवाहरूको विदेश पलायन र बेरोजगारीको समस्यालाई कलात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *