साउदी लिगमा अल हिलाल अपराजित

डिसी नेपाल
२१ चैत २०८० ९:१२
76
Shares

काठमाडौँ । साउदी लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल अखडोउडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

अल हिलालको जितमा सलेह अल्शेह्री, माल्कम र सलेम अल्दावसारीले एक एक गोल गरेका थिए ।

यो यस सिजनको लिगमा अल हिललको २४औं जित हो । २६ खेलमा २४ जित र २ बराबरीसहित अपराजित रहदै अल हिलाल ७४ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल नासर भन्दा स्पष्ट १२ अंकले अगाडी रहेको छ । त्यस्तै अल अखडोउडको २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.