नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
काठमाडौं। भारतमा जारी फ्रेन्डसिप कप अन्तर्गत नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ।
टी–२० सिरिज अन्तर्गत नेपालले यस खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको हो।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८५ रन बनाए। यस्तै कुशल भुर्तेलले ५४ रन बनाए भने अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिए भने दृशान्त सोनी र आर्या देसाईले २–२ विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment