अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
अर्घाखाँची। अर्घाखाँचीको शीतगंगामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
शीतगङ्गा नगरपालिका–१४ जलुकेपानीमा लु२च ७९३२ नम्बरको जीप र लु६प ७९३१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका २८ वर्षीय नियाज मुसलमानको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी नायब निरीक्षक शालिकराम खनालले जानकारी दिए।
दुर्घटनामा जीप चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय सनिउल्लाह थकिर घाइते भएका छन्। जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment