जितसँगै शिर्ष स्थानमा उक्लियो आर्सनल

डिसी नेपाल
२२ चैत २०८० ७:२९
20
Shares

काठमाडौं। प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई २-० गोल अन्तरले पराजित गरेको हो। आर्सनलको जितमा मार्टिन ओडेगार्ड र डैकी हाशीओकाले एक एक गोल गरेका थिए।

यो जितपछि आर्सनल लिगको शिर्ष स्थानमा उक्लिएको छ। आर्सनलको ३० खेलमा ६८ अंक रहेको छ। त्यसैगरी एक खेल कम खेलेको लिभरपुलको २९ खेलमा ६७ अंक रहेको छ।

त्यसैगरी लुटन टाउनको भने ३१ खेलमा २२ अंक रहेको छ र लिगमा १८औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *