आइपिएल: गुजरातमाथि पञ्जाव किंग्स ३ विकेटले विजयी

डिसी नेपाल
२३ चैत २०८० ६:३६
44
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा पञ्जावले गुजरातलाई ३ विकेटले पराजित गरेको हो। गुजरातले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। पञ्जावलाई शशांक सिंहले २९ बलमा अविजित ६१ रनको पारी खेलेर जित दिलाएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको ८९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउँदै १९९ रन बनाएको थियो।

यो जितपछि पञ्जावले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने गुजरातको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *