ग्याँस लिक भएर रौतहटमा आगलागी, ६ लाख बढीको क्षती

डिसी नेपाल
२३ चैत २०८० १६:०२
280
Shares

रौतहट । भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

आगलागि बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसमान पुर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छन।

स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मीयाम संगै हावाहुरी चल्न सुरुभए यता रौतहटमा आगलागी बाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षती भएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *