वेस्ट इण्डिज ए टिम नेपाल आउँदै
काठमाडौं। वेस्ट इण्डिज ए टिम नेपाल टुरमा आउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वेस्ट इण्डिज ए टिमले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग ५ टी-२० खेल्ने छ।
यो टी-२० सिरिज अप्रिल २५ देखि मे ५ सम्म हुने क्यानले जनाएको छ। नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ। हाल नेपाली क्रिकेट टिम ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कपको तयारी मा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment