कांग्रेसका तीन सांसदले दर्ता गरे सम्पत्ति छानबिनसम्बन्धी जरुरी महत्त्वको प्रस्ताव

डिसी नेपाल
२७ चैत २०८० १९:१७
36
Shares

काठमाडौं। नेपाली कांग्रेसका तीन सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै कांग्रेसका सांसदहरु धनराज गुरुङ, बद्रि पाण्डे र जीवन परियारले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको माग गरेका छन्।

यस्तै सार्वजनिक पद धारण गरेका र त्यस्ता पदबाट अवकाश भएका पदाधिकारी र तिनका परिवार समेतको नाममा रहेको सम्पत्तिको जाँचबुझको लागि आयोग ऐन २०२६ बमोजिम एक निष्पक्ष तथा उच्चस्तरको जाँचबुझ आयोग गठन गर्न समेत माग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *