राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन
काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो।
यसका लागि २ जना उमेदवारहरु प्रतिश्पर्धामा छन्। सत्ता गठबन्धनको तर्फबाट बिमला घिमिरे र नेपाली काँग्रेसबाट बिष्णुदेवी पुडासैनीबीच चुनावी प्रतिश्पर्धा हुनेछ।
एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन्।
त्यसपछि अध्यक्ष दाहालले दुवै प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने संघीय संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा र मनोनित १-१ सांसद रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment