आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा
काठमाडौं। युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका छन्।
च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका हुन्।
आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए।
त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment