गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरेः ज्ञानेन्द्र शाही
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए।
उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए ।
उनले सहकारीमा लाखौं पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment