राजस्थानमाथि गुजरात ३ विकेटले विजयी
काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो।
राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो। यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो।
जारी आइपिएलमा राजस्थानको यो पहिलो हार हो। ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ। त्यस्तै गुजरातको भने यो तेस्रो जित हो। ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment