रूस र काजाकिस्तानमा भिषण बाढी, २ लाख बढी बिस्थापित

डिसी नेपाल
२९ चैत २०८० ९:०४
12
Shares

मस्को । युराल नदीमा पानी बढेपछि रुस र काजाकिस्तानका सहर र सहरहरू बुधबार डुबानमा परेका छन् ।

जसका कारण एक लाखभन्दा बढी मानिसले क्षेत्र छाड्नुपरेको थियो । रुसको एरेनबर्ग सहरका धेरै भाग पानीमा डुबेका छन् । यसैबीच कजाकिस्तानमा आएको बाढीका कारण ९७ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

मस्कोबाट १२०० किलोमिटर पूर्वमा रहेको ५५०,००० मानिसको सहर एरेनबर्गमा सयौं घर डुबानमा परेका छन् । उराल नदी खतरनाक तहमा तीव्र गतिमा बढ्दै गएपछि कम्तीमा ७ हजार ७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सहर नजिकका क्षेत्रहरु पानीमा डुबेको देखिन्छ ।

कुर्गनबाट ४५ सय जना मानिस विस्थापित भएका छन भने अझै हजारौंलाई सुरक्षित स्थानमा सार्नु पर्ने आशंका गरिएको छ। एरेनबर्गमा बसोबास गर्ने मानिसले यस्तो डरलाग्दो अवस्था पहिले कहिल्यै नदेखेको बताउँछन्। यस्तो बाढी यहाँ पहिले भएको थिएन। रुसी अधिकारीहरूले भने कि १०,००० भन्दा बढी घरहरू बाढीमा परेका थिए, तीमध्ये अधिकांश एरेनबर्ग क्षेत्रमा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *