राष्ट्रियसभा बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

डिसी नेपाल
३० चैत २०८० ६:५५
16
Shares

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन्।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर बिधेयक २०७७ प्रतिनिधिसभावाट भएका संशाेधन माथि छलफल गरियोस्’ र सो ‘संसोधनलाइ सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *