अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि
काठमाडौं। अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ।
गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल इत्तिहादलाई ४-१ गोल अन्तरले पराजित गर्दै सुपर कपको उपाधि जितेको हो।
अल हिलालको जितमा माल्कमले २ गोल गरेका थिए भने सलेम अल्दावसारी र नासेर अल्दावसारीले एक एक गोल गरेका थिए। त्यसैगरी अल इत्तिहादका लागि एक गोल अब्देराजक हाम्दल्लाहले गरेका थिए।
योसँगै अल हिलालले चौथो पटक सुपर कपको उपाधि जितेको छ। २०१३ देखि शुरु गरिएको साउदी सुपर कप अहिलेसम्म धेरै जित्ने पनि अल हिलाल नै हो। त्यसपछि अल नासरले २ पटक र अल इत्तिहाद, अल फातेह, अल शबाब र अल अहिलले एक एक पटक यो उपाधि जितेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment