नाउपा सुदूरपश्चिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

डिसी नेपाल
३० चैत २०८० १३:४६
4.0k
Shares

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन्। पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन। सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन्।

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ। अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *