आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

डिसी नेपाल
१ वैशाख २०८१ ६:४३
72
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो।

लखनउले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए। त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए।

यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए।

यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ। त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *