सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो (तस्वीरसहित)

सिमोन पौडेल
२ वैशाख २०८१ १७:५१
104
Shares

काठमाडौं। सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्। बिस्काः जात्राको अवसरमा २८ बर्षीय सुजनले आइतबार जिब्रो छेडेका हुन्। उनले अघिल्लो वर्ष पनि जिब्रो छेडेका थिए।

सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए। त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए।

विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बाग श्रेष्ठले जिब्रो छेडाए। जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए।

त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताए। त्यसयता पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए।

जात्राको हालसम्मको प्रमाणअनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *