एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

डिसी नेपाल
२ वैशाख २०८१ १९:१४
864
Shares

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ।

आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो। बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो।

यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य पछाएको कम्बोडियाले ११ ओभरमा ७ विकेट गुमाउदै ९१ रन मात्र बनाएको थियो। कम्बोडियालाई रोक्नेक्रममा ओमानका अकिब इलियासले ह्याट्रिकसहित चार विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गर्दै ओमानले ११ ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

यो ओमानको लगातार दोस्रो जित हो। यसअघि ओमानले आफ्नो पहिलो खेलमा बहराइनलाई ३ रनले पराजित गरेको थियो । यो जितपछि ओमानको समुह बी मा २ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ।

त्यस्तै कम्बोडियाले भने लगातार दोस्रो हार बेहोरेको छ। यस अघि कम्बोडिया आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो। यो हारपछि कम्बोडियाको २ खेलमा शून्य अंक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.