महानायक राजेश हमाल गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर
काठमाडौं। महानायक राजेश हमाल क्यानडा अध्ययनका लागि ख्याति कमाएको शैक्षिक परामर्शदाता गोरेटो कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन्। दुईपक्षीय सम्झौतासँगै १ वर्ष विभिन्न प्रोजेक्टमा हमालले काम गर्ने गोरेटोका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए।
सोहीअन्तर्गत हमालले बुधबार बबरमहलमा घोडा चढेर ट्राफिक सचेतनामूलक टीभी विज्ञापनमा अभिनय गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत यो विज्ञापन जनचेतनाका लागि प्रभावकारी हुने निम्ति निक्कै नै प्रभाकारी हुने गोरेटोले विश्वास जनाएको छ।
एड्भाइजर राम खड्काले क्यानडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा विकाससँगै सामाजिक सचेतनाका काममा आफूलाई सक्रिय बनाउने बताए।
काउन्सलर प्रकाश रेग्मीले क्यानडाले भर्खरै परिमार्जन गरेको अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित नीतिले एक उत्कृष्ट शैक्षिक गन्तव्यमा सहयोग पुर्याउने र त्यहाँको ज्ञानलाई नेपाल फर्किएर देशका लागि प्रयोग गर्न युवाहरूलाई अनुरोध गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment