लन्डनमा स्कूलमा नमाज प्रतिबन्ध विरुद्ध मुस्लिम विद्यार्थीको अपील अदालतबाट खारेज

डिसी नेपाल
५ वैशाख २०८१ १४:२६
16
Shares

काठमाडौं । लण्डनको एक स्कुलका मुस्लिम विद्यार्थीले नमाजमा प्रतिबन्ध विरुद्ध गरेको अपील अदालतले खारेज गरेको छ । वेम्बलीको माइकला स्कूलका विद्यार्थीले नमाज प्रतिबन्धलाई भेदभावपूर्ण भन्दै उच्च अदालत पुगेका थिए।

विद्यालयले उच्च अदालतलाई नमाजको अनुमति दिँदा अन्य विद्यार्थीलाई सही सन्देश नपुगेको बताएको छ ।

८३ पृष्ठको फैसलामा न्यायमूर्ति थोमस लिन्डनले भने: “जब दावीकर्ता विद्यालयमा भर्ना भइन्, उनले कम्तिमा स्पष्ट रूपमा स्वीकार गरिन् कि उनको धर्म व्यक्त गर्ने क्षमतामा प्रतिबन्ध हुनेछ।”

फ्री स्कुलका संस्थापक तथा प्रधानाध्यापक क्याथरिन वीरबल सिंहले उच्च अदालतको फैसलालाई सबै विद्यालयको जित भएको बताएकी छन् ।

अपील हारेपछि विद्यार्थीले आफू विद्यालयमै रहने र आफ्नो जीसीएसई परीक्षामा ध्यान केन्द्रित गर्ने बताइन्।

विद्यार्थीले भनिन्, “म हारेको छु। तर मलाई लाग्छ कि मैले प्रतिबन्ध विरुद्ध अपील गरेर सही काम गरें। मैले आफू र मेरो धर्मप्रति सच्चा रहने प्रयास गरें।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *