युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा
काठमाडौं। एसीसी प्रिमियर कपमा युएईले कम्बोडियामाथि फराकिलो जित हासिल गरेको छ।
समुह बि को समुह चरणको अन्तिम खेलमा युएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको हो। कम्बोडियाले दिएको ७७ रनको लक्ष्य पछाएको युएईले ५।१ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
यस अघि कम्बोडियाले पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाएको थियो ।
यो जितपछि युएईको ४ खेलमा ६ अंक भएको छ र अहिले शिर्ष स्थानमा उक्लिएको छ। यो जितपछि युएई सेमिफाइनलमा पुग्ने निश्चित भएको छ र अब समुह बि को विजेता उपविजेताको टुंगो भने अहिले जारी रहेको ओमान र कुवेतबीचको खेल पछि मात्र लाग्ने छ।
ओमानले कुवेतलाई हराएमा युएई उपविजेता हुने छ र सेमिफाइनलमा नेपालसँग खेल्ने छ। अर्को तर्फ कुवेतले ओमानलाई पराजित गरेमा भने रनरेट निर्णायक हुने छ।
समुह बी बाट बहराइन र कम्बोडिया यस अघि नै बाहिरिइसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment