एन्फाका उपाध्यक्ष दावा लामा रिहा

डिसी नेपाल
६ वैशाख २०८१ १४:१७
296
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् ।

बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा भएका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो। सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेका छन्।

उच्च अदालत पाटनले २०६४ जेठ २० गते दावालाई दोषी ठहर गरेको थियो। उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *