नेपालले युएइलाई दियो १२० रनको लक्ष्य
Rohit Kumar Paudel (C) of Nepal plays a shot during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएइलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो ।
नेपालको इनिङ सुरुदेखि नै राम्रो हुन सकेन । पहिलो बलमै कुशल भुर्तेललाई गुमाएको नेपालले लगातार विकेट गुमाउँदै जाँदा उच्च स्कोर बनाउन सकेन ।
नेपालका लागि सन्दिप जोराले अर्धशतक बनाए । उनले ४० बलमा ५० रनको इनिङ खेले । गुलशन झाले २० र करण केसीले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
युएइका लागि जुनैद सिद्दिक, बसिल हमीद र अली नासरले २–२ विकेट लिए । ओमिद साफी रहमान, आयन अफजल खान र मुहम्मद फारुकले १–१ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment