‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

डिसी नेपाल
८ वैशाख २०८१ १२:१३
196
Shares

काठमाडौं। विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट हुनुभएको छ।

दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट हुनुभएको हो। विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।

लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ। सो प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका नेपाली धावकका हजुरबुवा डा सुन्दरमणि दीक्षितले राससलाई जानकारी दिए।

बच्चैदेखि शारीरिक व्यायम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेका डा दीक्षितले जानकारी दिए।

संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *