हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।
यस खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन्। योसँगै हङकङले पहिला बलिङ गर्ने भएको छ। आजको खेलमा नेपालले टिममा कुनै परिवर्तन गरेको छैन।
नेपालको प्लेइङ ११- मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा र ललित राजवंशी रहेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment