पाकिस्तानको मिसाइलका लागि सामान उपलब्ध गराउने चार कम्पनीमाथि अमेरिकाको प्रतिबन्ध
काठमाडौं । अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।
जसमा चीनका तीन र बेलारुसका एक कम्पनी छन्। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धको जानकारी दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरूको नाम सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट कं, लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेशनल ट्रेड कं, लिमिटेड र ग्रानपेक्ट कं, लिमिटेड हो। बेलारुसको मिन्स्क ह्वील ट्रयाक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ ।
“यी कम्पनीहरूले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्रीहरू आपूर्ति गरेका छन्। यी कम्पनीहरूले लामो दूरीको मिसाइल कार्यक्रमका लागि सामग्री उपलब्ध गराएको छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment