डब्लिन नाइट क्लब त्रासदी: ४३ वर्षपछि किन आयरल्याण्डका प्रधानमन्त्रीले माफी माग्नु पर्यो ?

डिसी नेपाल
९ वैशाख २०८१ १२:४१
16
Shares

काठमाडौं । आयरल्याण्डका प्रधानमन्त्रीले ४३ वर्षअघि डब्लिनको नाइटक्लबमा भएको आगलागीमा परी मृत्यु भएका ४८ जनाको परिवारसँग मंगलबार संसदमा आधिकारिक माफी माग्ने बताएका छन् ।

प्रधानमन्त्री साइमन ह्यारिसले मृतकका करिब ७० आफन्तसँगको निजी भेटपछि यो घोषणा गरेका हुन् । प्रधानमन्त्रीले यो भेट निकै भावुक भएको बताए । भेटमा उनले मृतकका आफन्तजनसँग निःशर्त माफी मागेको बताए ।

सन् १९८१ मा नाइटक्लबमा भएको आगलागीमा मारिएकाका आफन्तले न्यायका लागि दशकौं लामो लडाइँ लडेका थिए। यस लामो सुनुवाइमा बिहीबार निर्णायक मण्डलले आफ्नो फैसला सुनायो।

जनताले न्यायका लागि दशकौंसम्म कुर्नुपरेको प्रणालीगत त्रुटिलाई सरकारले माफी मागेर स्वीकार गर्ने यी आफन्तका वकिलले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *