लोकप्रिय गायक यम बराल सम्मानित
काठमाडौं। बि.एस.के नेपाल एक्टिभ प्रोडक्सन प्रा.लि. द्वारा आयोजित’गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड–२०२४’ सम्पन्न भएको छ।
शनिबार राष्ट्रिय नाचघर जमलमा उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत धेरै कलाकारको उपस्थिती रहेको कार्यक्रममा लोकप्रिय गायक यम बराललाइ प्रमुख अतिथीको हातबाट सम्मानित गरिएको थियो।

आधुनिक, लोक, पप, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधामा वितरण गरिएको अवार्डमा गायक यम बरालले आफ्ना केहि हिट गीतहरु गाउँदा हलमा रौनक छाएको थियो।
लोकप्रिय गायक याम बरालको साथमा रोहित अधिकारी, मर्नेन तामाङ, आरम्भ तामाङ, काले तामाङ, उत्सव सुब्बा लामा, माधव भण्डारी, गोपाल दयाल, रमाला पाख्रिन तामाङ, विशाल योन्जन तामाङ लगायतलाई सम्मान गरिएको थियो।


No ads found for this position


डिसी नेपाल
Facebook Comment