सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता चाहेको छ : संचारमन्त्री बास्कोटा

डिसी नेपाल
१९ साउन २०७६ १६:०५

काठमाडौं। सरकारले विप्लव समूहसँग निष्कर्षसहितको वार्ता गर्न चाहेको बताएको छ। तर, त्यसका लागि विप्लव समूहले हिंसा त्याग्नुपर्ने शर्त सरकारले राखेको छ।

आइतबार मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले परिणाममुखी वार्ताका लागि सरकार तयार रहेको बताएका हुन्।

‘सरकार सधैं वार्ताका लागि इमान्दार, शान्तिपूर्ण रुपमा समस्याको समस्या समाधान गर्न प्रतिबद्ध छ,’ मन्त्री बास्कोटाले भने, ‘त्यसका लागि विप्लव समूहले हिंसा त्याग्नुपर्छ। वार्ता गर्ने नगर्ने भन्ने कुरा विप्लवको समूहका निर्भर गर्छ।’

उनले विप्लव समूहले लिएको बाटो सफल नहुने भन्दै अहिलेको बाटो बाट कँही पनि नपुगिने भन्दै संचारमन्त्री बास्कोटाले विप्लव समूहको गतिविधिले देश जनताले दुख पाउने र हार्ने अन्तर्राष्ट्रिय छवि बिग्रने भन्दै अहिलेको विप्लव समूहेका गतिविधिले धमिलो पानीमा माछा मार्ने र हतियार व्यापारी मात्र खुशी भएको जनाए।

संचारमन्त्री बास्कोटाले वार्तालाई ट्याक्सिको रुपमा मात्र लिने हो भने वार्ताको औचित्य नहुने पनि उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *