महोत्तरीको मटिहानीमा आगो अझैं नियन्त्रण बाहिर, सयौं घर जलेर नष्ट

डिसी नेपाल
१२ वैशाख २०८१ १६:२८
392
Shares

महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भिषण आगलागी भएको छ।

आगलागीको क्रममा संयौ घर जलेर नष्ट भएका छन भने करौडौ रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

नगरप्रमुख हरि प्रसाद मण्डलका अनुसार झन्डै २ बजेवाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको जानकारी दिँदै सवैलाई सहयोगको लागि अपिल गरेका छन्।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारी, लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेता पनि नियन्त्रणमा आउँन सकेको छैन।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *