इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध
काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ।
गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले स्तब्ध बनाएको हो। लिग जितको दौडमा रहेको लिभरपुललाई यो हारले ठूलो धक्का पुग्ने देखिएको छ।
एभर्टनको जितमा जारार्ड ब्रान्थवैट र डोमिनिक काल्भेर्ट लेविनले एक एक गोल गरेका थिए।
यो जितपछि एभर्टनको ३४ खेलमा ३३ अंक भएको छ र लिगमा १६औं स्थानमा रहेको छ। त्यस्तै यो हारले लिभरपुल को ३४ खेलमा ७४ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।
३४ खेलमा ७७ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ। त्यस्तै दुई खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment