अमेरिकाले इजरायल र युक्रेनका लागि अर्बौं डलर सहयोग स्वीकृत गर्‍यो

डिसी नेपाल
१३ वैशाख २०८१ ११:४०
12
Shares

काठमाडौं । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ ।

राष्ट्रपति जो बाइडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्न सक्नेछन्।

यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ ।

यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।

बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, “यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हाम्रा साथीहरूलाई सहयोग गरेका छौं जो हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग आफूलाई बचाउन लडिरहेका छन् ।”

यस प्याकेजमा, इजरायललाई २६.४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमध्ये ९.१ बिलियन डलर गाजामा मानवीय सहायताको लागि छुट्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *