हुम्लाको चंखेलीका निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गरि २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप लगाएको छ ।
साथै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोशाध्यक्ष पुनी ऐडी तथा चंखेली गाउँपालिका वडा नम्बर ३ का तत्कालिन वडा अध्यक्ष सालिग्राम ऐडीलाई समेत यस प्रकरणमा आरोपी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment