राष्ट्रिय महिला भलिबल: एपिएफ र पुलिस क्लब विजयी

डिसी नेपाल
१३ वैशाख २०८१ १८:१५
8
Shares

काठमाडौं विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा एपिएफ क्लबले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पराजित गरेको हो। यसअघि एपिएफ क्लबले पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबलाई ३–१ सेटमा पराजित गरेको थियो।

आजको खेलमा एपिएफले सुरुआती दुई सेट २५–२३ र २५–२३ अंकले आफ्नो पक्षमा पार्‍याे। त्यसपछिका दुई सेट आर्मीले २५–१३ र २५–१४ अंकले जित्यो। खेलको अन्तिम निर्णायक सेट एपिएफ क्लबले १५–९ अंकले जित्यो। जितसँगै एपिएफ क्लबले पाँच अंक जोडेएको छ। त्यस्तै बिहीबार नै भएको अर्को खेलमा पुलिसले न्यु डायमण्ड महिला टीमलाई पराजित गर्‍याे। डायमण्ड पुलिससंग १–३ को सेटमा पराजित भएको हो ।

प्रतियोगिताको विजेताले रु चार लाख ९९ हजार, दोस्रो हुने टोलीले रु दुई लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *