त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम
काठमाडौं। वेस्ट इन्डिज ए टिम अभ्यासमा जुटेको छ । शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी-२० सिरिजको तयारीका लागि वेस्ट इन्डिज ए ले त्रिवि मैदानमा अभ्यास गरेको छ।
यस सिरिजका लागि वेस्ट इन्डिज ए को टिम बुधबार काठमाडौँ आइपुगेको हो । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन्।
सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment