वेस्ट इन्डिजसँगको सिरिजः के भन्छन् कप्तान र प्रशिक्षक?

डिसी नेपाल
१४ वैशाख २०८१ १८:२५
24
Shares

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० श्रृंखला शनिबारबाट सुरु हुँदैछ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग श्रृंखला खेल्न लागेको हो। टी–२० श्रृंखला खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरिसकेको छ। खेल अघि नेपाली टीमका कप्तान रोहितकुमार पौडेलले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि निकै उत्साहित रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा उनले यसअघिको खेलमा उतरचढाव देखिएपनि अबको खेलका लागि सबै खेलाडीहरु सबै तवरले तयार रहेको जनाए।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताए। क्रिकेटको राम्रो इतिहास भएको वेस्ट इन्डिजसँगको खेलमा धेरै कुरा सिक्ने मौका पाउने उनको भनाइ छ।

त्यस्तै वेस्ट इन्डिज ‘ए’ कप्तान र प्रशिक्षकले पनि टी–२० श्रृंखला खेल्न आतुर रहेको भन्दै नजिता आफ्नो पक्षमा आउने गरि तयारी भएको बताएका थिए। टी–२० श्रृंखलाको पहिलो खेल शनिबार हुनेछ भने दोस्रो खेल आइतबार हुने छ। तेस्रो खेल वैशाख १९ गते, चौथो २० गते र अन्तिम खेल २२ गते हुने क्यानले जनाएको छ। उक्त श्रृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *