‘कमेडी दरबार’को पोस्टर सार्वजनिक

डिसी नेपाल
१४ वैशाख २०८१ २०:३६
36
Shares

काठमाडौं। विक्की अग्रवाल र श्रद्धा प्रसाईंको नयाँ टेलिभिजन शो ‘कमेडी दरबार’को पहिलो झलक सार्वजनिक भएको छ ।

पोस्टरमा सदाबहार अभिनेत्री गौरी मल्ल र चर्चित कलाकार विजय बराललाई देख्न सकिन्छ। हरेक कार्यक्रममा फरक प्रस्तुति दिन अब्बल कमेडियन तथा निर्देशक अग्रवालले यो शो पनि फरक पाउने जानकारी दिएका छन्।

कमेडी दरबारमा कलाकारहरुको जम्बो टोली देख्न सकिन्छ। जसमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, नायिका नम्रता सापकोटा, कमेडियन पवन खतिवडा, कमेडी च्याम्पियन विजेता हिमेश पन्त, कमेडियन सुन्दर खनाल, कलाकार मिस पवी, कलाकार प्रियना आचार्य र कमेडियन उत्सव सापकोटा छन्।

कार्यक्रमलाई बिक्की र श्रद्धाले निर्देशन गर्दैछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *