घुस लिएको आरोपमा प्राडा रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा

डिसी नेपाल
१९ साउन २०७६ २०:५०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस मागेको पाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्राडा रौनियारले पटक–पटक गरी एक करोड २८ लाख घुस लिएको पाइएको छ। आयोगले रामहरि रौनियारले मतियारको भूमिका खेलेको भन्दै रु आठ लाख बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *