घुस लिएको अभियोगमा अधिकृत पक्राउ

डिसी नेपाल
१९ साउन २०७६ २१:४२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ।

अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाले जनाएको छ।

आयोगका अनुसार अधिकृत अमात्यलाई आज साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो।

उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा हेटौँडास्थित कार्यालय पुगेको प्रहरी नायब निरीक्षकको टोलीले उनलाई ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सूचना अधिकारी देवराज राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *