माईतीको सम्झनालाई समेटेको तीज गीत : ‘हे मेरी आमा’ सार्वजनिक

डिसी नेपाल
१९ साउन २०७६ २३:०१

काठमाडौं । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीले तीजको मार्मिक गीत सार्वजनिक गरेका छन्।

दर्शक-श्रोताहरुको रूचीसँगै नेपाली सांगीतिक बजारमा तीज गीतको बाढी नै चलिरहेको बेला नयाँ स्वादको मर्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक गरेका हुन्।

दिनहुँ युट्युबमा तीजका गीतहरू अपलोड भईरहेका बेला तीज गीतको बाढी छिचोल्दै नेपाली चेलीहरुको कथा व्यथा समेटिएको मौलिक कथा झल्काउने मार्मिक गीत रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो।

महिलाका वेदना र माईतीको सम्झनालाई समेटेको अति मार्मिक गीतमा देवी घर्तीको स्वर रहेको छ। शब्द रचना रमेश बिजीको रहेको छ।

लय संगीत नारायण रायमाझी र बिरही कान्छाको रहेको छ। एरेन्ज बिबि अनुरागीको रहेको गीतलाई छायांकन/सम्पादन/कलर मिराज अर्यालले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *