अमेरिकाले छिट्टै युक्रेनमा प्याट्रियट मिसाइल पठाउने
काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले छिट्टै युक्रेनमा प्याट्रियट एयर डिफेन्स मिसाइल पठाउने बताएको छ ।
हालै अमेरिकाले युक्रेनलाई ६ अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेको छ । यी मिसाइलहरू यो सैन्य सहायता प्याकेज अन्तर्गत युक्रेनमा पठाइनेछ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले क्षेप्यास्त्र प्रहार गर्ने प्याट्रियट प्रणाली युक्रेनमा नपठाइने बताएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो रुसी हवाई हमलाको प्रतिरोध गर्न तुरुन्तै आवश्यक रहेको बताएका छन्, जसले अझै ठूलो मात्रामा ज्यान बचाउन सक्छ।
शनिबार युक्रेनले रुसले आफूमाथि ठूलो हवाई हमला गरेको जानकारी दिएको थियो ।
खार्किभका अधिकारीहरूले आक्रमणमा एउटा अस्पतालमा क्षति पुगेको बताएका छन्। युक्रेनका उर्जा मन्त्रीका अनुसार रुसले तीन पावर प्लान्टमा आक्रमण गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment