यु-१९ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली टोली फाइनलमा प्रवेश
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा सुरु भएको आमन्त्रित यु–१९ अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली टोली फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशमा भइरहेको अन्डर १९ भलिबल प्रतियोगिता अन्तर्गत आज भएको सेमीफाइनल खेलमा नेपाली टिमले बंगलादेशको (बी) टिम लाई ३-० को सोझो सेटमा (२५-१६ ,२५-२१ ,२५-२१) पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

राजधानी ढाकामा जारी प्रतियोगितामा नेपाली टोलीले यसअघि माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

नेपाली टोलीमा खेलाडी तर्फ इज्जत दनै, सुरेश मल्ल, यज्ञराज जोशी, अबिशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहरा, शशि पुलामी मगर र भुवन तामाङ रहेका छ
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment