समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक इराकको संसदबाट पारित

डिसी नेपाल
१७ वैशाख २०८१ १३:०५
28
Shares

काठमाडौं । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ । यस विधेयकमा समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको सजायको व्यवस्था छ ।

नयाँ कानुनअनुसार तेस्रोलिङ्गीलाई पनि एकदेखि तीन वर्षसम्म जेल पठाउन सकिनेछ । नयाँ कानूनका समर्थकहरू विश्वास गर्छन् कि यसले देशमा धार्मिक मूल्य मान्यताहरू कायम राख्न मद्दत गर्नेछ।

बिलको विरोध गर्ने समूहहरूले भने इराकले यस कानून मार्फत एलजीबीटी समुदायको अधिकारको हनन जारी राख्ने आरोप लगाएका छन् ।

यसअघिको विधेयकको मस्यौदामा सन् १९८० मा पारित गरिएको वेश्यावृत्ति विरुद्धको कानुनलाई परिमार्जन गरी मृत्युदण्डको व्यवस्था गरिएको थियो ।

तर, अमेरिका र पश्चिमी मुलुकको विरोधपछि त्यसमा परिवर्तन भएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *