वर्ल्ड सेन्ट्रल किचेनले गाजामा पुनः सहायता प्रदान गर्ने निर्णय
काठमाडौं । सहायता संगठन वर्ल्ड सेन्ट्रल किचेनले गाजामा खाद्यान्न वितरण पुनः सुरु गर्नेछ। करिब एक महिनाअघि इजरायली बमबारीमा वल्र्ड सेन्ट्रल किचनका सात कर्मचारीको मृत्यु भएको थियो ।
यो घटनापछि वल्र्ड सेन्ट्रल किचेनले गाजामा सहायता उपलब्ध गराउने काम रोकेको थियो । वर्ल्ड सेन्ट्रल किचेनले भनेको छ “हामीले निर्णय गरेका छौं, हामीले मद्दत प्रदान गर्न जारी राख्नुपर्छ।”
सङ्गठनले विज्ञप्ति जारी गर्दै भनेको छ “सहयोगका लागि ८० लाख प्याकेट खाद्यान्नसहित २७६ ट्रक तयार पारेको छ। तिनीहरू रफाह क्रसिङ हुँदै प्रवेश गर्नेछन्।”
वर्ल्ड सेन्ट्रल किचनका सीईओ एरिन गोरले भने, “गाजामा मानवीय अवस्था अत्यन्तै गम्भीर छ। हामी पूर्ण ऊर्जाका साथ काममा लागिरहेका छौं। हाम्रो प्रयास सकेसम्म धेरै मानिसहरूलाई खाना उपलब्ध गराउने छ।
वर्ल्ड सेन्ट्रल किचेन एउटा अमेरिकी संस्था हो जसको उद्देश्य राष्ट्रिय प्रकोप र मानवीय संकटबाट पीडित मानिसहरूलाई खाना उपलब्ध गराउनु हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment