फिल्ममा डेब्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
काठमाडौं। म्यूजिक भिडियोमा चर्चित मोडल सनिशा भट्टराई फिल्ममा डेब्यु गर्ने भएकी छन्। सनिशाले अभिनेता विराज भट्टको निर्देशनमा बन्न लागेको आगामी फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गर्न लागेकी हुन्।
विराजले सोमबार फेसबुकमार्फत फिल्ममा उनको अभिनय रहने पुष्टि गरेका हुन्। फिल्ममा उनको प्रमुख भूमिका रहने विराजले जनाएका छन्।
विराजले लेखेका छन्- ‘धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कला की धनी सनिसा भट्टराई हाम्रो १२ गाउँ चलचित्रमार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्राको सुरुवात गर्दै । वहाँलाई धेरै धेरै बधाई तथा शुभकामना ।’
सनिशाले ‘ए होर माया’, ‘आँशु बनि नखस कैले नि’, ‘तिमीलाई हेर्ने बानी पर्यो’ लगायत कैयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
यसै वर्ष छायांकनको तयारी गरिएको ‘१२ गाउँ’मा विराज स्वयं मुख्य भूमिकामा छन् भने उनका छोरा समीर भट्टको पनि अभिनय रहनेछ।
यो फिल्मबाट सनिशासँगै पूर्वमिस नेपाल इन्टरनेसनल (२०२२) न्यान्सी खड्काले पनि डेब्यु गर्दैछिन्। भिलेनको भूमिकामा कनिज कोइरालाको अभिनय रहनेछ। फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ।
एक्सन प्रधान रहने फिल्मका लागि उनले साउथ फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भा फिल्ममा द्वन्द्व निर्देशनसँगै मुख्य खलपात्रको भूमिका पनि रहने बताइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment