इङल्याण्डका खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने
काठमाडौं। हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन्। इङल्याण्डले आगामी टी–२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो।
इङल्याण्डले विश्वकपको तयारीका लागि पाकिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने बताएको छ। इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडी पाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ। टोलीमा छनोट भएका खेलाडी इङ्ल्याण्ड फर्कनेछन्।
आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ। प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन्। इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन्। जसमा जोस बटलर (राजस्थान रोयल्स), मोइन अली (चेन्नई सुपर किंग्स), जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन (पञ्जाब किंग्स), विल ज्याक्स, रीस टोपले (रोयल च्यालेन्जर्स बैंगलोर) र फिल साल्ट (कोलकाता नाइट राइडर्स) बाट खेलिरहेका छन्। यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन्।
इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी–२० खेल खेल्ने बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment